सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बढुवाका लागिमात्र दुर्गम क्षेत्रमा जाने प्रवृति कर्मचारीभित्र बढेको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको प्रतिवेदनका सम्बन्धमाभएको छलफलका क्रममा उहाले सरकारले दुर्गममा सरुवा गर्दा विरोध गर्ने तर बढुवाका लागी नंवर पुराउन दुर्गम जान खोज्ने प्रवृति बढेको बताए।
उनले कुनैपनि कर्मचारीलाई सरकारले अन्याय नगरेको भन्दै सरकारले तोकेको स्थानमा जानु कर्मचारीको दायित्व भएको जिकिर गरे । कामलाई नै बाधक बनाएर कोहि कर्मचारी बसे त्यस्ता कर्मचारीलाई कामबाटै निकाल्न मिल्ने बिषयमा पनि छलफल भइरहेको उनको भनाई छ । मन्त्री पण्डितले कर्मचारीको सरुवा तथा पदस्थापनका बारेमा कर्मचारीलाई नै सहज हुने गरि काम हुने तर कर्मचारीले पनि अनावश्यक अडान राख्न नहुने जिकिर गरे ।
बैठकमा समिति सदस्यले निजामति कर्मचारीहरुको गुनासो पटक पटक आउने गरेको भन्दै यसबिषयलाई दिर्घकालिन समाधान खोज्ने गरि काम गर्न सरकारलाई सुझाव दिएका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय