हिमाल दैनिक
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल–भारत सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आएको बताएको छ । सीमा विवाद सम्बन्धमा प्रतिपक्ष दलले सरकारलाई सहयोग गरिरहेको र त्यस सम्बन्धमा राष्ट्रिय सहमति रहेको स्मरण गर्दै कांग्रेसले अब विवाद सुल्झाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवाद समाधानका लागि पार्टीले सरकारलाई सुझाव दिइसकेको र सरकारको भूमिका नजिकबाट नियालिरहेको बताए। उनले कात्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकोे सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राखेको धारणा स्मरण गराउँदै महाकाली नदी पूर्वका सबै अतिक्रमित भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।उपनिर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले सातओटै प्रदेशप्रमुखलाई पदमुक्त र नयाँ नियुक्ति गरेकामा निर्वाचन आयोगले आचारसंहिता नमिचिएको भनेकोप्रति शर्माले आपत्ति प्रकट गरे। सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको बिषयमा चिकित्सा शिक्षा अध्ययनरत विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुले गर्दै आएको आन्दोलनलाई गम्भीरतापुर्वक लिई समस्या समाधान गर्न सरकार असफल भएको भन्दै समस्याको विवेकसम्मत हल खोज्न र बिद्यार्थीलाई तनावमुक्त वातावरणमा पढ्ने ब्यवस्था मिलाउन तत्काल प्रभावकारी पहलकदमीका लागि कांग्रेसले सरकारसंग आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update