हिमाल दैनिक
राप्रपा(संयुक्त)ले कार्तिक २८ गतेदेखि धार्मिक जागरण यात्रा गर्ने
pashupati shamsher rana himal_dainik
नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपालका लागि कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा सम्पन्न गर्ने जनाएको हो । नेपालको मौलिक धर्म, परम्परा, सांस्कृतिक सम्पदा र संस्थाको संरक्षण एवं निरन्रता आजको आवश्यकत्ता भएको पनि राप्रपा (संयुक्त) को भनाई छ । पत्रकार स्म्मेलनमा कार्यक्रममा बोल्दै अध्यक्ष पशुपति शम्शेर जबराले नेपाली जनताको चाहनाविपरित नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाईएकोमा आफूहरुको सुरुदेखि नै आपत्ति रहेको बताए। उनले नेपाललाई संविधानतः हिन्दूराष्ट्र नबनाएसम्म आफूहरुको अभियान आन्दोलन, संघर्ष र अभियान जारी रहनेपनि विश्वास अध्यक्ष जबराले कालापानी, लिपुलेक नेपालकै भू–भाग भएको भन्दै १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेक पोष्ट बसेको र यसबारेमा यसअघिका कुनैपनि सरकारले कुरा उठान नसकेको बताए। सरकारले आफ्नो कुटनीतिक कौशल प्रदर्शन गरेर सीमा विवादको समाधानको काम पार लगाउनुपर्ने अध्यक्ष जबराको भनाई छ । कार्यक्रममा बोल्दै अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले सुरु गर्न लागेको धार्मिक यात्रा नेपालको पहिचान कायम गर्नको लागि हुने बताए । नेपाललाई हिन्दूराष्ट्र बनाउको लागि संविधानलाई संशोधन गरिनुपर्नेपनि आफूहरुको माग रहेको उनको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update