नेपाल सरकारले निजी मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका गुनासो सम्बोधन गर्न अन्तिम अल्टिमेटम दिएको छ । आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।
मन्त्री पोखरेलले मेडिकल कलेजले दिएको सकारात्मक योगदानको कदर गर्दै १५ दिनको समय दिएको बताए। निजी मेडिकल कलेज सञ्चालक सरकारलाई तालाचाबी बुझाएर उन्मुक्ति नपाउने पनि उनले बताए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय