प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताएका छन्।
सोमबार बसेको नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भूभाग फिर्ता गराउने गरी सरकारले काम गरिरहेको जानकारी दिए। उनले तथ्य र प्रमाणका आधारमा नेपालले भारतसँगको सिमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने बताएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले अनुशासन आयोग, लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको छ । अमृत बोहोरालाई अनुशासन आयोग, डा पुष्प कँडेललाई लेखा परीक्षण आयोग र केशव बडाललाई केन्द्रीय सल्लाहकार परिषदको प्रमुख बनाएको छ । त्यैगरी विष्णुपुकार श्रेष्ठलाई निर्वाचन समितिको प्रमुखको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले बताए।
प्रवक्ता श्रेष्ठले मन्त्रीमण्डल हेरफेरको छलफल नभएको बताए। उनले प्रधानमन्त्रीको आफ्नो बिषय भएको भन्दै प्रधानमन्त्रीले चाहेका बेला मन्त्रीमण्डल पुर्नगठन गर्न सक्ने बताए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय