संसदीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिमा बोलाएको छ।
भारतले जारी गरेको नयाँ राजीनितिक नक्साको बिषयलाई लिएर राज्य व्यवस्था समितिले प्रधानमन्त्री ओलीलाई सोमबार साढे ११ बजे डाके हो।
केहि दिन अघि भारतले जारी गरेको नक्सामा नेपालको कालपानी, लिपुलेख र लिम्पियाधुरालाई भारतको भू-भागमा देखाएको थियो। उक्त बिषयमा छलफल गर्न समितिले ओलीलाई आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीलाई समितिमा छलफल गर्न डाक्ने व्यवस्था भएता पनि ओलीको २ बर्षको अन्तरालमा कुनै पनि समिति बोलाएको थिएन।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय