हिमाल दैनिक
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रियता र लोकतन्त्रको सवालमा कांग्रेसले कसैसँग सम्झौता नगेको बताउँदै नेपाली भूमिमा बाह्रय अतिक्रमण कुनै पनि नेपालीलाई स्वीकार्य नहुने धारणा व्यक्त गरेका छन्। नेपालको सुदूरपश्चिम सीमामा रहेका कालापानी र लिपुलेकको भूभाग भारतीय नक्सामा पारिएको विषयमा आफ्नो धारणा व्यक्त गर्दै नेता कोइरालाले कांग्रेसको आधिकारिक धारणा बमोजिम नेपाली भुमिमा बाह्र अतिक्रमण कोही पनि नेपालीलाई स्वीकार्य हुन नसक्ने र यस्ता विषयमा सम्झौता नहुने स्पष्ट पारेका छन्। ‘जहाँबाट जसले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन। राष्ट्रियताको मुद्दामा देखीएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमि फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्दछु,’ उनले भनेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update