हिमाल दैनिक
सरकारले मुलुकको सार्वभौमिकताको रक्षाका विषयमा स्पष्ट रहेको भन्दै भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्साका बारेमा कुटनीतिक र राजनैतिक रुपमा छलफल हुने जनाएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्काटोले सार्वभौमिकताको रक्षाका विषयमा सरकार स्पष्ट रहेको भन्दैभारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने र कुटनीतिक र राजनैतिक रुपमा त्यस यस बिषयमा समाधान खोज्ने बताए । मन्त्री बास्कोटाले कतिपय सीमासँग सम्बिन्धत विषयहरु टुंगो लगाउन बाँकी रहेको र करिब दुई प्रतिशत ठाउँहरुमा उत्पन्न विवाद समाधानका लागि कुटनीतिक तथा राजनीतिक पहल गर्ने धारणा राखे । उनले अधिकारको रक्षा , स्वाधीनताको रक्षामा अलमलिनपर्ने अवस्था नआउने समेत बताए । त्यस्तै मन्त्री बास्कोटाले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको लागि हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन निर्णय भएको बताए । उनले मुलुक बिकासको बाटोमा अघि बढेको भन्दै भ्रम छर्ने काम कसैबाट पनि हुन नहुने उल्लेख गरे ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update