हिमाल दैनिक
बल्ल टुंगियो कांग्रेसका उम्मेदवारहरुको नाम
congress lead
नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि एक प्रतिनिधि सभा र तीन प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको सूचि टुंग्याएको छ। पार्टीको विधान अनुसार, संसदीय समितिको गठन नभएको अवस्थामा केन्द्रीय समिति बैठकको निर्णय वमोजिम सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा पुराना कांग्रेस नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यसैगरी, तीन वटा प्रदेश सभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा कृष्णलाल भंडेल, बाग्लुङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा जित शेरचन र दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा केशव आचार्यलाई उम्मेदवार बनाउने निर्र्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कास्कीमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस अघि सारेका उम्मेदवार पौडेल कांग्रेसको राजनीतिमा ६ दशकसम्म जीवन विताएर पनि कहिल्यै पार्टीबाट अवसर नपाएका नेता हुन्। त्यसैगरी प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुरका भंडेल यसअघिका निर्वाचनमा पनि प्रत्यासी बनेका थिए। बाग्लुङका शेरचन यसअघि सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका थिए भने दाङका आचार्य लामो समयदेखि पार्टीमा सक्रिय रहेपनि पहिलो पटक अवसर पाएका व्यक्ति हुन्।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update