नेकपा अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको प्रकरणमा उनकै गल्ति रहेको बताएका छन्।
दाङ्गमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले महरा प्रकरणमा अहिलेसम्मको अवस्था हेर्दा कहिँनकहिँ महराको त्रुटी प्रष्ट देखिएको बताए।
यद्दपी महराको बचाऊ गर्दै प्रचण्डले भने," यो 'क्रिमिनल' प्रकृतिको गल्ति होइन। अपराधिक खालको नभएर नैतिक खालको गल्ति, अचारसंग सम्बन्धित गल्ति त पक्कै पनि हो भन्ने देखिसकेको छ।"
त्यस्तै दाहालले नयाँ प्रदेश प्रमुखहरु नियुक्ति राजिनितीको सामान्य प्रक्रिया रहेको बताए। प्रदेश प्रमुखहरु नियुक्ति नयाँ सरकार गठन भएपछि हुनुपर्नेमा कारणबस नैतिक र राजनीतिक कारणले ढिलो भएको उनले बताए।
अध्यक्ष दाहालले अहिलेको सरकार पाँच वर्ष नै चल्ने बताए। उनले प्रधानमन्त्री ओलीसंग मिलेर आधा-आधा समय सरकारको नेतृत्व लिने कुरा अब इतिहास भएको बताए।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय