प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी दोलखाको देउरालीबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खस्दा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । दुर्घटनामा झण्डै एक दर्जन मानिसको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
सभापति देउवाले दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । काङ्ग्रेसले बेपत्ताको खोजी तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय