उपनिर्वाचनलाई उम्मेदवार छान्न बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाएको बैठकमा केहि पदाधिकारी अनुपस्थीत भएपछि बैठक मंगलबारका लागि सारिएको हो । कांग्रेस उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषाध्यक्ष सीतादेवी यादव काठमाडौं बाहिर भएको र बैठकमा आउन ढिलाइ हुने भएपछि मंगलबार बिहानका लागि बैठक सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कात्तिक २१ गते उम्मेदवारको मनोनयन गर्नुपर्ने कार्यतालिका अनुसार उम्मेद्वार चयनका लागी गृहकार्य भइहेको पनि प्रवक्ता शर्माले बताए ।
त्यस्तै प्रवक्ता शर्माले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा घाइते भएकाको उचित उपचार गर्न र मृतकका परिवारलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय