नेकपा सचिवालयको बैठकले आज उप-निर्वाचनका लागि आफ्ना उम्मेदवार तय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुद दल नेपाल कमनिष्ट पार्टीको बैठकमा यही मङ्सिर १४ गते हुन लागेको उप-निर्वाचनका लागि उम्मेदवार तय गरेको हो।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कास्की क्षेत्र-२ को प्रधिनिधि सभामा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिद्या भण्डारी तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीकी
पत्नी हुन्। अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको थियो।
त्यस्तै दाङ क्षेत्र-३ (ख) को प्रदेश सभाका लागि बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको प्रबक्ता श्रेष्ठले बताए।
उनले बाग्लुङ २ (ख) को प्रदेश सभामा भने नेकपाले राष्ट्रिय जन मोर्चालाई सघाउने निर्णय गरेको बताए।
धरान उप-महानगरपालिकामा प्रकाश राईलाई मेयरको उम्मेदवार बनाउने भएको छ।
त्यस्तै गाँउपालिका र वडाको लागि हुने निर्वाचनमा भने प्रदेश कमिटीले निर्णय गर्ने भएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय