हिमाल दैनिक
डा भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा
bhagwan koirala
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्ति गरिएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रि-परिसदको बैठकले डा कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेको हो। बरिष्ठ मुटु रोग बिशेषज्ञ कोइराला यस अघि त्रि.वि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक तथा शहित गंगालाल हृदय रोग केन्द्रका निर्देशकका रुपमा काम गरिसकेका छन्। डा कोइरालालाई शिक्षा मन्त्री गिरिराजमणिको अध्यक्षतामा बनेको समितिले त्रिभुवन बिश्व बिद्यालयको उप-कुलपतिमा सिफारिश गरेको थियो। त्यस्तै आज मन्त्री-परिसदको बैठकले त्रिभुवन बिश्व बिद्यालयको उप-कुलपतिमा डा धर्म कान्त बास्कोटालाई नियुक्त गरेको छ। प्रधानमन्त्री एवं त्रि विका कुलपति के पी शर्मा ओलीले बास्कोटालाई उप-कुलपतिमा नियुक्त गरेका हुन्। यस अघि डा बास्कोटा मेडिया काउन्सिलको अध्यक्ष रहेका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update