सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाईृ पदमुक्त गरेकी छिन्।
आइतबार बसेको मन्त्रिपरिषदको निर्णयबाट सिफारिस भए अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ अनुसार प्रदेश १ देखि ७ सम्मकै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
उनीहरुलाई गत चुनावको अगाडि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्ति गरिएको थियो।
गत वर्षको साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको निर्णयबाट उनीहरुलाई हटाउने निर्णय गरेपनि कानूनी प्रक्रिया नपुग्दा उनीहरु पदमा रहिरहेका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय