संघीय संसद्की कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेका पूर्वसभामुख सभामुख कृष्ण बहादुर महराको मुद्दा आजबाट औपचारिक रुपमा थुनछेक बहस सुरु हुने भएको छ।
संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा महराविरुद्द जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो।शुक्रबार जिल्ला अदालतमा महराको बयान लिइएको थियो। समय अभावका कारण शुक्रबार थुनछेक बहस सुरु हुनसकेको थिएन।महरालाई आज सामान्य तारेखमा छुट्ने अथवा धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि थुनामै राखेर कानूनी उपचार अघि बढाउने भने कुराको टुंगो लाग्ने छ।
जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस हुनेछ। गएको विहिबार सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय