प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज तेस्रो डायलाइसिस गर्ने भएका छन्। आइतबार प्रधानमन्त्री ओली डायलाइसिस गर्न टोहास्थित ग्राण्डी अस्पतालमा जाने भएका छन्।प्रम ओली अस्पताल जाने भएपछि मन्त्री परिषदको बैठक पछि सारिएको छ।
बुधबार अचानक स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ओलीलाई अस्पताल भर्ना भएका थिए।मृगौलाले काम नगरेपछि ओलीलाई बुधबार र विहिबार दुई पटक डायलाइसिस गरिएको थियो। बुधबार अस्पताल आउँदा रगतमा क्रियाटिनको स्तर माथि रहेकोले डायलाइसिस गरिएको अस्पतालका निर्देशक विशेषज्ञ डा। चक्रराज पाण्डेले बताएका थिए।
प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलाइसिस गरिएको हो। प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेपछि भदौ पहिलो साता उनी सिंगापुरस्थित अस्पतालमा पुगेर प्लाज्माफेरेसिस पद्धतीको उपचार गरी फर्किएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय