हिमाल दैनिक
सन्दिपजंग शाहको फिंगरप्रिन्ट परिक्षण गर्न तरुण दल अध्यक्ष बस्नेतको चुनौति
27654781_10209444704954141_918720901726990401_n
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले तरुण दल नेपालगञ्ज नगर अध्यक्ष सन्दिपजंग शाहमाथि प्रहरीले नियोजित ढंगले फसाँउने योजना मुताबिक हतियारसहित पक्राउ गरिएको आरोप लगाएका छन्। बिहीबार साँझ शाहसहितको एक टोलीलाई स्थानीय प्रहरीले उनको गाडीबाट हतियार फेला परेको भन्दै पक्राउ गरेलगत्तै शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले प्रहरी आफैँले हतियार लगेर शाहको गाडीबाट बरामद भएको भनि झुटो मुद्दामा तरुण दलका कार्यकर्तालाई दुःख दिने कोशिश भएको आरोप पनि लगाएका छन्। तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले प्रहरीको दाबीप्रति चुनौति दिँदै उक्त पेस्तोलको फिंगरप्रिन्ट अर्थात हातका रेखाहरुको निशानी तत्काल जाँचगरी सत्य तथ्य बाहिर ल्याउन र उक्त षडयन्त्र रच्ने प्रहरीमाथि कारबाहीको माग पनि गरेका छन्। साथै उनले पक्राउ परेको सबैको तत्काल रिहा गरी लोकतन्त्रका पक्षधर तरुण युवाहरुलाई फँसाएर सामाजिक आतंक श्रृजना नगर्न चेतावनी पनि दिएका छन्। प्रहरीले बिहीबार साँझ कोहलपुरस्थित नमस्ते भिलेज रिसोर्टबाट शाहलाई उनको गाडीबाट हतियार भेटिएको भन्दै उनीसहित दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढालाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update