नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारको टुंगो कार्तिक १७ गतेसम्ममा लगाइसक्ने सम्भावना रहेको छ।
प्रतिनिधि सभा सदस्यका लागि रिक्त रहेको कास्की क्षेत्र नम्बर २, प्रदेश सभा तर्फ भक्तपुर, बाग्लुङ र दाङमा रिक्त रहेको पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन प्रक्रियाले आइतबारसाँझसम्म पूर्णता पाउन सक्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
उम्मेदवार चयनका विषयमा पार्टीका तर्फबाट त्यी जिल्लामा पहिलो र दोस्रो चरणको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिसहित पार्टी पदाधिकारीहरुको सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा छलफल भएको छ।
आजको छलफल पश्चात भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले उक्त विषयमा टुंगो लगाएपछि आइतबार साँझसम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने शर्माले ट्वीटरमार्फत बताएका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि कािर्तक २१ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय