हिमाल दैनिक
कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध एकजुट भएर लड्न देउवाको निर्देशन
75291725_10159191724628298_7721815285073707008_n
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध एकजुट भएर लड्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल तरुण दलको ६६औं स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपा गरिएको शुभकामना तथा चियापान कार्यक्रममा देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसबिरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिएका हुन्। कम्युनिष्टको सरकारबाट सबै आजित भएको भन्दै अब हुने उप–निर्वाचनमा कांग्रेसले जित्ने दाबी पनि देउवाको थियो। नेपाली कांग्रेसभित्र गुटउपगुट सकिएको सुनाउँदै उनले सबै तरुणलाई उपनिर्वाचनको प्रचारप्रसारमा होमिन निर्देशन पनि दिए। सभापति देउवाले पार्टीभित्र गुटउपगुट अत्यका लागि आग्रह गरिरहँदा तरुण दलबाटै कारबाहीमा परेका पूर्वमहासचिव भुपेन्द्रजंग शाहीको नाममा राजधानीकै अर्को स्थानमा पार्टी नेताहरु रामशरण महत, शेखर कोइराला, गुरु घिमिरे लगायतका नेता तथा कार्यकर्ताको उपस्थितिमा बेग्लै चियापान कार्यक्रम भइरहेको थियो। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारले मुलुकलाई बन्धक बनाएको भन्दै त्यसबिरुद्ध तरुण दल सडकमा आउने बताए। उनले सरकारले देशमा हत्या, हिंसा र अपराधलाई राजनीतिक आवरणमा संरक्षण दिइरहेको आरोप लगाउँदै कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा गृहमन्त्रीका छोराको संलग्नता रहेको आशंका गर्दै उनको डिएनए परिक्षण गर्न माग पनि गरे। कार्यक्रममा कांग्रेसका नेता,कार्यकर्ता, भ्रातृ संस्था र शुभेच्छुक संघसंस्थाको सहभागिता थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update