हिमाल दैनिक
म बाकुमा दाहाल काठमाडौंमा हुँदा दूरी त बढ्ने नै भयो निः प्रम ओली
kpoli
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीका द्धितीय अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दूरी नबढेको दाबी गरेका छन्। असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालसँग दुरी बढेको बिषयलाई अस्वीकार गरे। उनले व्यंग्यात्मक शैलीमा आफू बाकुमा रहेकोबेला काठमाडौंमा रहेका दाहालसँग दूरी बढेको हुन सक्ने भएपनि वास्तवमा त्यो साँचो नभएको बताए। दाहालले प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले दाहालले के भन्नुभयो भन्ने आफूले नसुनेको प्रतिक्रिया दिए। त्यस्तै सम्मेलनका बारेमा जानकारी दिदै उनले साना र ठूला राष्ट्रबीचको सहअस्तित्व र सार्वभौम स्वतन्त्रता नै असंलग्न आन्दोलन(नाम)को अभिष्ट रहेकाले नेपालले यसमा आफ्नो भूमिका बढाउँदै लाने बताए। प्रधानमन्त्री ओलीले नामका सदस्य रहेका कतिपय राष्ट्रबीचको आपसी तनावलाई संवादका माध्यमबाट समाधान गर्दै विश्वव्यापी असमानता अन्त्यका लागि थप क्रियाशील हुनुपर्नेमा जोड दिए। सम्मेलनबाट नेपाल नामको एशिया प्रशान्त क्षेत्रबाट सर्वसम्मतरुपमा उपाध्यक्षमा निर्वा्चित भएको छ। विश्वका १२० मुलुक सहभागी यस आन्दोलनको नेपाल संस्थापक सदस्य हो। प्रधानमन्त्री ओली यही २०७६ कात्तिक ७ गते काठमाडौँबाट अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका थिए। सन् १९५५ मा इण्डोनेसियाको बाङ्डुङमा सम्पन्न एशिया अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्त नै असंलग्न आन्दोलनको सैद्धान्तिक र दार्शनिक आधारशिला थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update