हिमाल दैनिक
जनताको मत लिएर सत्तामा पुगेका नेताले जनतालाई सान देखाउँन खोज्दा उनीहरुप्रतिको मान, मर्यादामाथि सर्वसाधारण जनताले नै प्रश्न उठाउन थालेका छन्। जनताको मत लिएर सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहि जनताको भावना नबुझेपछि दिनहुँ जसो विभिन्न माध्यमबाट विरोध पनि खेप्नु परिरहेको छ। तर, सत्तामा बसेका शासकहरुलाई त्यसको कुनै प्रवाह छैन। यस्तै भएको छ आइतबार त्रिभुवन विमानस्थलमा। आइतबार अजरबैजानको बाकुमा सम्पन्न असंलग्न राष्ट्रहरुको १८औं शिखर सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीको आगमनका समयमा त्रिभुवन विमानस्थलको आन्तरिक उडानका लागि बोर्डिङ पास लिएर जहाजमा चढेका यात्रुहरुको उडान रोकिएपछि सर्वसाधारण यात्रु आक्रोसित भएर विमानस्थलमै विरोध जनाए। श्री एयरलाइन्सको विमानमा चढिसकेका यात्रुहरुको जहाज प्रधानमन्त्री ओलीको आगमनले रोकिएपछि जहाजबाट यात्रुहरु बाहिर आएर विरोध जनाए। जसको कारण विमानस्थलमा केहीबेर तनावको स्थिति बन्न पुग्यो। यसअघि बिहीबार प्रधानमन्त्री ओली बाकु प्रस्थान गर्ने क्रममा पनि दर्जनौँ आन्तरिक तथा बाह्रय उडान प्रभावित हुँदा सयौंको संख्यामा यात्रुहरुले त्रिभुवन विमानस्थलमात्र नभई देशका विभिन्न भागमा रहेका विमानस्थलमा सास्ती व्यहोर्नु परेको थियो। कतिपय यात्रुहरु पूर्वनिर्धारित समयभन्दा चार, पाँच घण्टा ढिलोगरी गन्तव्यमा पुग्न पाएका थिए भने कतिपय विमानले उडान स्थगित गर्दा ठूलो संख्यामा यात्रुहरुलाई मर्का परेको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update