हिमाल दैनिक
प्रधानमन्त्री ओली दोहामा
Pm oli in katar
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा यहाँ आइपुगेका छन् । यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन् । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपालका लागि कतारका राजदूत डा नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरे । करीब दुई घण्टाको विश्रामपछि प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डल बाकुका लागि नेपाली समयअनुसार रातिको ८ बजे प्रस्थान गर्नेछ । दोहाबाट बाकुको उडान समय २ घण्टा ५० मिनेट रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update