राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित डोल्पास्थित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसमा विनासर्त प्रवेश गरेका छन्।
राप्रपाका पूर्व नेता बुढाले आफूमात्र नभई डोल्पा जिल्लाका आफ्ना चार दर्जन सहयोगीसँगै लिएर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाबाट पार्टी प्रवेशसँगै सदस्यता समेत लिए।
यसरी पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी र सदस्यहरु क्रमशः उपाध्यक्ष श्यामबहादुर रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरु— नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन झाक्री, अम्लेश बुढा, अमिर रोका, टोटाङ रोकाय, मानबहादुर बुढा, सोमराज मल्ल, रन्जना शाही, सन्दर झाक्री, गुरु छोयसाङ बुढा, कार्मा बुढा, वसु झाक्री, लक्ष्मी रोका, रत्न राना, धनिराम मल्ल, नन्दकुमारी मल्ल, रेशम मल्ल, विश्वनाथ राना मगर, प्रद्युम्न शाही, धृष्टधुम्न शाही, यशु शाही, विद्या शाही, सुनिता बोहरा, दिलचन्द्र शाही, आरधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, इन्द्रबहादुर शाही, मलि बुढा, जुना बुढा, विवेक शाही, मिना रोका सहित जम्मा ४९ जना रहेको कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी पूर्व नेकपा (माओवादी) केन्द्रीय राष्ट्रिय महाधिवेशन आयोजन समितिका सदस्यहरु एवं हाल नेपाल कम्युनिष्ट पार्टीका कर्णबहादुर शाही र लोकबहादुर चलाउने पनि विना शर्त नेपाली कांग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा बताइएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार एक कार्यक्रमबीच कांग्रेस सभापति देउवाले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरी खादा लगाइदिएर स्वागत गरे।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय