हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्ने गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मेवारी दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गरेकाले उनलाई सो जिम्मेवारी दिइएको हो । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले जिम्मेवारी दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। –––
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update