हिमाल दैनिक
मेरो बिषय खुला किताब छ जति छानबिन गरे हुन्छ: सांसद कँडेल (भिडियो सहित)
devendra kandel
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक भएको तथा आफ्नो नाम भारतीय मतदाताको नामावलीमा भएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्म्ेलन गरी उनले आफ्नो दोहोरो नागरिकता भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको समेत बताए । उनले आफ्नो नाममा कसैले भारतमा एक इन्च जग्गा भएको प्रमाणित गरे सरकारले जस्तोसुकै कठघरमा उभ्याएपनि तयार रहेको बताए । भारतीय नागरिक भएको भन्दै विवादमा आएका नेपाली कांग्रेसका सांसद कँडेलले भारतको निर्वाचनमा भाग लिएको कुनैपनि प्रमाण देखाउन पनि चूनौति दिए । उनले आफुलाई फसाउने षड्यन्त्र भइरहेको दावी भन्दै आफू सानैदेखि भारतमा बसेर पढेको र त्यहाँ साथीको घरमा बस्ने गरेको बताए। आफू भारतमा बस्ने गरेपनि भारतमा कुनैपनि निर्वाचनमा भाग नलिएको दाबी गरे । उनले आफू शान्तिका लागि लडेको तर आफूलाई भारतीय भन्दै आरोपित गरिएको भन्दै दुःख व्यक्त गरे । नवलपरासीको रमपुरवा गाविस–६ हाल पालिनन्दन गाउँपालिका–१ मा २०१३ साल चैत ४ गते जन्मिन्भएका कँडेल २०३८ सालमा पहिलोपटक प्रधानपञ्च निर्वाचित भएका थिए । त्यस्तै २०५१ र २०५६ सालमा भएको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट निर्वाचित कँडेल संसदीय दलको सचेतकसमेत हुनभएका उहाँ २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी–२ बाट निर्वाचित भएका हुन्। सांसद कँडेलमाथि भारतीय नागरिक भएको र त्यहाँको नागरिकका रुपमा उनले निर्वाचनमा मतदान समेत गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यसबारे अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update