हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई अध्यक्षबीच कुनै खटपट नभएको स्पष्ट परेका छन् । आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केहि असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुइ अध्यक्ष विचमा नभएको पौडेलले दावी गरे । मंगलवार संवाद चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डको विचमा अहिले विवाद भयो भने देशकै लागी दुर्भाग्य हुने बताए। दुई नेताका विचमा भएको सहमती कार्यान्वयन भएर नै अगाडि बढ्नु पर्ने पक्षमा सिगो पार्टी रहेकाले केहि असमझदारी भए पनि बार्ता र छलफल बाट नै समाधान गरिनु पर्ने उनले बताए। देशको आर्थिक तथा सामाजिक विकासका लागि नेकपाको नेतृत्व मिल्नुको विकल्प नभएको उनको भनाई थियो । नेता पौडेलले पछिल्लो समय देखा परेका विभिन्न राजनीतिक समस्याको समाधानका लागि सरकार गम्भीर हुनपर्ने बताए । पूर्वसभामुख कृष्ण बहादुर महराको विषयमा दुवै अध्यक्षले पार्टी र सरकारलाई बाधा नपुग्नेगरी अनुसन्धान सहज बनाउन सहयोग गरेको उनले बताए। तत्कालिन सभामुखले नैतिकताका आधारमा राजिनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिलेनै नयाँ सभामुखको खोजी गर्न नहुने उनले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update