हिमाल दैनिक
एनआरएनएको अध्यक्षमा पन्त, महासचिवमा शर्मा विजयी, कसले कति मत पाएः परिणामसहित
NRN leadership
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन्। एनआरएनएको सम्मेलनमा नयाँ कार्यकालका लागि नेतृत्व चयन प्रक्रियामा एनआरएनए प्रतिनिधिलाई भन्दा ज्यादा नेपाल सरकार र त्यसको नेतृत्व गर्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतादेखि कार्यकर्र्तालाई चुनावी ज्वरोले पक्रिएपछि उक्त सम्मेलनको वातावरण नै पूर्णरुपले राजनीतिमय मात्र भएन क्याम्पस तहमा हुने स्ववियु निर्वाचनको स्तरलाई पनि माथ दियो। फलस्वरु एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेदेखि कतिपय गनेचुनेका प्रतिनिधिहरुको साथ र समर्थनसँगै सरकारको पूर्ण साथ र सहयोग पाएका पन्तले कांग्रेस निकट मानिएका कुल आचार्यलाई सहजै पराजित गरे। अन्तिम मतपरिणाम अनुसार, पन्तले १ हजार २१७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी आचार्यले १ हजार ७० मत प्राप्त गरी पराजित भए। त्यसैगरी महासचिवमा पन्त समूहकै हेमराज शर्मा ११ सय ३९ मत ल्याएर विजयी भए भने उनकी निकटतम प्रतिद्धन्द्धी जानकी गुरुङ १ हजार ५३ मत ल्याएर पराजित भइन्। चार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा बद्री केसी, अजुर्नकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा निर्वाचित भएका छन् भने महिला उपाध्यक्ष रविना थापा विजयी भएकी छिन्। सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्। https://www.facebook.com/himaldainik/videos/1282841171876985/   एनआएरएनएको संजाल रहेका ८१ देशबाट २ हजार ५ सय ७० प्रतिनिधि रहेकोमा २ हजार ३ सय ४४ मत खसेको थियो।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update