हिमाल दैनिक
अब सबै दल मिलेर समृद्धिको बाटोमा बढ्नुपर्ने:कांग्रेस सभापति देउवा
deuba nekapa chiyapan
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सबै दल मिलेर समृद्धिको बाटोमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले बडादशैं, दिपावली, नेपाल सम्वत् र छठको उपलक्ष्यमा आायोजित चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर समृद्धिको बाटोमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । चियापानले सबै पार्टीलाई एक ठाउँमा ल्याउने काम गर्ने भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । चियापानमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्ने बताए । उनले मुलुक विधिको शासनमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले काग्रेस लोकतान्त्रीक पद्धतीमा विश्वास गर्ने भएकाले हरेक निर्वाचनमा काग्रेसको सहभागीता हुने बताए ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update