हिमाल दैनिक
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालको राजनीतिक परिवर्तनमा स्वर्गीय गिरिजा प्रसाद कोइरालाले खेल्नुभएको भूमिकाको स्मरण गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले तत्कालिन माओवादीलाई शान्तिपूर्ण बार्तामा ल्याउनेदेखि अन्य बिषयमा स्वर्गीय कोइरालाले खेलेको भूमिका बिर्सन नसक्ने पनि बताए । उनले कोइराला राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण भएको नेता रहेको पनि धारणा राखे। नेपालको लोकतन्त्र बलियो बनाउनुका लागी स्वर्गीय कोइरालाको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए। शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अविष्मरणीय रहेको उनको भनाई छ । त्यस्तै काग्रेसका नेताहरुले गिरिजा प्रसाद कोइरालाको योगदानलाई भूल्न नहुने बताएका थिए । कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशनका राष्ट्रिय तथा अन्तराष्ट्रिय समितिका सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update