हिमाल दैनिक
राष्ट्रपति सीको विमानस्थलमा भव्य विदाई पश्चात स्वदेश फर्किए
president farwell tia
नेपालको राजकीय भ्रमण सम्पन्न गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता भएका छन्। शनिबार काठमाडौं आइपुगेका राष्ट्रपति सीले विगत २२ घण्टा लामो नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारुढ नेकपाका द्धितीय अध्यक्ष पुष्पकमल दाहालसहितको टोलीका अतिरिक्त सरकारी टोलीसँग भेटवार्ता र सहमति पत्रमा हस्ताक्षर पश्चात आइतबार अपरान्ह स्वदेश फिर्ता भए। राष्ट्रपति सीलाई विदाई गर्न राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली लगायतका विभिन्न संवैधानिक निकायका प्रतिनिधि, मन्त्री तथा सरकारी ओहोदाका विशिष्ट अधिकृतहरु विमानस्थलमा पुगेर उनलाई हार्दिक विदाई गरेका थिए।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update