नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई पक्षिय भेटवार्ता सकेर स्वदेश फर्कन लागेका छन्।
शनिबार भारतको चेन्नाईबाट काठमाडौं आइपुगेका राष्ट्रपति सी र उनको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुसँग भेटवार्तासँगै नेपाल र चीनबीच विभिन्न विषयमा समझदारी पत्रमा हस्ताक्षर पश्चात स्वदेश फिर्ता हुन सोल्टी होटलबाट प्रस्थान गरेका छन्।
होटलबाट भिभिआइपी कार्केटमा सवार सीको सुरक्षाका लागि सेनाको हेलिकप्टरले गस्ती गरिरहेको छ।
सीको उच्च सुरक्षाका खाँतिर करिब साढे दुई घण्टादेखि अबरुद्ध पारिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय