हिमाल दैनिक
राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
Pro_Ktm_IMG_5685(2)
नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग उनि रहेका होटेलमा अलग्गै भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका राष्ट्रपति सी आज स्वदेश फर्कने क्रममा होटलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update