चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडाँै महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् ।
सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागतका लागि प्रतिक्षारत छन् । उनीहरुले सीको सवारीमार्गमा कर्तल ध्वनिका साथ स्वागत गर्नेछन् ।
धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएकोे छ । राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा ‘कारगेट’बाट पाल्नुहुने भएकाले ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ ।
यस्तै सीको स्वागतका लागि सडकमा विभिन्न वेषभूषामा सजिएका र विभिन्न बाजासहितका जनसमुदाय उपस्थित छन् भने राष्ट्रसेवक कर्मचारीसहित सर्वसाधारण दिउँसो चार बजे स्वागतका लागि सडकका दुवै किनारमा उपस्थित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । रासस
[caption id="attachment_75174" align="alignnone" width="1920"] चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा सजाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल । तस्वीर ः चन्द्रकला क्षेत्री[/caption]
[caption id="attachment_75175" align="alignnone" width="1920"] चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागतका लागि विभिन्न भेषभूषामा सजिएका स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ[/caption]
[caption id="attachment_75176" align="alignnone" width="1920"] चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न भेषभूषामा सजिएका विद्यार्थी । तस्बिरः नारायण ढुंगाना[/caption]
[caption id="attachment_75177" align="alignnone" width="1920"] चिनियाँ राष्ट्रपति सी चिनफिङको सुुरक्षाका लागि काठमाडौँमा शनिबार खटिएका सुरक्षाकर्मी । तस्वीर ः चन्द्रकला क्षेत्री[/caption]
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय