हिमाल दैनिक
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणका लागि भारतको चेन्नाईबाट प्रस्थान गरेका छन्। स्थानीय समय अनुसार अपरान्ह १ः४८ बजे भारतको चेन्नाई विमानस्थलबाट नेपालको भ्रमणका लागि चाइनिज विमानबाट उडेका छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा अपरान्ह ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी चिनियाँ राष्ट्रपति सी नेपाल आउँदैछन्। चिनियाँ राष्ट्रपतिको नेपाल आगमनको समयमा करिब २ घण्टाजति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित हुने भएको छ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update