सडकमा भएका सानातिनादेखि ठूला खाल्डाखुल्डी र धुलो, धुवाँबाट आक्रान्त बनेका राजधानीवासीहरुले पछिल्लो एकसाताभित्रै नयाँ र नौलो अनुभूति गर्न पाएका छन्।
विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको मुल सडकदेखि राष्ट्रपति निवासम्मको सडक सरकारले रातारात कालोपत्रे थपेर चिल्लो पार्दै सडकका दायाँ, वायाँ फ्लेक्स, व्यानर, फूलका गमला र गेटले झकिझकाउ बनेपछि उपत्यकावासीले बुझ्ने अवसर पाए कि राज्यले चाह्यो भने सडक मर्मत असम्भव छैन।
सरकारले २३ वर्षपछि उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपरान्ह आउन लागेकोमा उनको स्वागतका लागि यो सबै भौतिक पूर्वाधार मर्मत, र सुधार गरेको हो।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी बस्ने सोल्टी होटलसम्म र राष्ट्रपति निवास महाराजगञ्जसम्मको सडकमा अर्बौं रुपैयाँ खर्चेर कालोपत्रे मात्र गरेको छैन। करोडौं रुपैयाँको लगानीमा सडकको दायाँ वायाँ सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो टाँसेर सडकका पोलहरुसमेत झकिझकाउ बनाएको छ।
त्यतिमात्र होइन, सरकारले सीको भव्य स्वागतका लागि सुन्दर र कलात्मक तस्वीरहरु टाँगिएका स्वागतद्धार र सडक किनारामा जेब्राक्रसिङमा समेत करोडौं रुपैयाँको फूलका गमलाहरुले सजाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार भारतको चेन्नाईमा हुने एक कार्यक्रममा सहभागी हुन पुगेका चिनियाँ राष्ट्रपति सी आजै अपरान्ह ३ बजे नेपाल आउने कार्यक्रम रहेको छ।
[caption id="attachment_75126" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साँझपखको दृश्य । तस्बिर ः प्रदीपराज वन[/caption]
[caption id="attachment_75127" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी बनाईएको स्वागत गेट । तस्बिर ः प्रदीपराज वन्त[/caption]
[caption id="attachment_75128" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साँझपखको दृश्य । तस्बिर ः प्रदीपराज वन्त[/caption]
[caption id="attachment_75129" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि बानेश्वरको पुुल नजिकै बनाईएको स्वागत गेट । तस्बिर ः प्रदीपराज वन्त[/caption]
[caption id="attachment_75130" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको माइतिघर मण्डला । तस्बिर ः प्रदीपराज वन्त[/caption]
[caption id="attachment_75131" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको विजुलीवजारको पुल । तस्बिर ः प्रदीपराज वन्त[/caption]
[caption id="attachment_75132" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि बानेश्वरको पुुल नजिकै बनाईएको स्वागत गेट । तस्बिर ः प्रदीपराज वन्त[/caption]
[caption id="attachment_75133" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको तिनकुनेको सडक । तस्बिर ः प्रदीपराज वन्त[/caption]
[caption id="attachment_75134" align="alignnone" width="1800"] शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको माइतिघर मण्डला । तस्बिर ः प्रदीपराज वन्त[/caption]
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय