नेपाली कांग्रेसले पार्टीको तर्फबाट स्थानीय तहको प्रमुख र उपप्रमुखमा विजयी जनप्रतिनिधि तथा सम्बन्धित निकायका पार्टी प्रतिनिधिहरुलाई कार्तिक १ र २ गते प्रशिक्षण दिने भएको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न चरणमा प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा कांग्रेसबाट स्थानीय तह गाउँपालिका तहमा विजयी अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखसहित सम्बन्धित गाउँपालिका पार्टी इकाई सभापतिहरुको लागि भक्तपुरमा दुई दिने प्रशिक्षणको कार्यक्रम राखेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिष्ठानले (नगरपालिका) मा विजयी प्रमुख र उपप्रमुखहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको थियो भने गत महिनामा गण्डकीको पोखरा, कर्णालीको सुर्खेत, पाँच नम्बर प्रदेशको भैरहवा र तीन नम्बर प्रदेशका केही जिल्लाका महासमिति तथा महाधिवेशन प्रतिनिधिहरुलाई भक्तपुरमा प्रशिक्षण दिएको थियो।
त्यसैको निरन्तरता स्वरुप कार्तिक १ र २ गते भक्तपुरको कृषि विकास बैंकको तालिम केन्द्र बोडेमा विभिन्न विषयमा केन्द्रित रहेर प्रशिक्षण दिने तयारी गरिरहेको छ।
जसमा वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु, पालिका तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघीबीचको सम्बन्ध र साझा अधिकार, योजना र बजेट तर्जुमा, स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाई कार्यसमितिसँग समन्वय, आगामी निर्वाचनहरुकालागि आधार निर्माण, स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु, नेपाली कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारी,
संघीय सरकारका असफलताहरु लगायतका विषय तय गरिएको छ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय