हिमाल दैनिक
चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग आन्तरिक छलफल गरेका छन्। चिनियाँ राष्ट्रपति सीले असोज २५ गते भारतबाट नेपाल आएर २६ गते स्वदेश फर्किने कार्यतालिका चिनियाँ विदेश मन्त्रालयसँगै नेपाल र भारतका विदेश मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले बिहीबार छलफलको आयोजना गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहानदेखि सुरु भएको छलफलमा पूर्वप्रधानमन्त्री तथा विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका द्धितीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेता सहभागी छन्। त्यसैगरी छलफलमा पूर्व परराष्ट्र मन्त्री तथा विदेश मामिलाका जानकारहरु समेत उपस्थित रहेका छन्।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update