महाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गरेकी छिन्।
राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिन । उनले सम्बन्धित मन्दिरका पुजारीबाट फूलप्रसाद एवं टीका ग्रहण गरिन् ।
महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवीभगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।
https://www.facebook.com/himaldainik/videos/344326706332939/?t=2
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय