हिमाल दैनिक
सभामुख निवासबाटै महरा पक्राउ (भिडियो सहित)
sabhamukh pakrau
संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख तथा नेकपा सांसद  कृष्णबहादुर महरा पक्राउ परेका छन् । आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए। आज दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको थियो। न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गर्न गएका प्रहरीले सरकारी भ्यानमा राख्न खोज्दा महराले नमानेर आफ्नै निजी गाडीमा गएका थिए। फौजदारी अभियोग लागेको अभियुक्तलाई प्रहरी नियन्त्रणमा लिँदा हथकडी लगाउनु पर्ने कानूनी व्यवस्था भएपनि महरालाई प्रहरीले हथकडी लगाएको छैन। एक अनलाइनसँगको अन्तर्वार्तामा ती महिलाले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए। त्यसको दोस्रो दिन अर्काे अनलाइनसँगको भिडियो अन्तर्वार्तामा उनले बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन्। सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन्। असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले जानकारी दिए। सोही जाहेरीका आधारमा आज महरालाई पक्राउ गरिएको हो। https://www.facebook.com/himaldainik/videos/1764874973646496/
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update