हिमाल दैनिक
महरा प्रकरणमा राज्य संयन्त्रको निष्पक्ष भूमिका जरुरी: प्रदीप पौडेल
pradip poudel
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपका विषयमा राज्यका सम्बन्धित् संयन्त्रहरुले निष्पक्ष भएर छानबिन गर्नुपर्ने माग गरेका छन्। ‘विगतमा शक्तिको आडमा बलशाली व्यक्तिहरुले अनुसन्धान नै प्रभावित गरेका धेरै घटना छन्, फेरि त्यस्तो प्रवृत्ति किमार्थ दोहरिनु हुँदैन,’ पौडेलले भनेका छन्। महरामाथि अब राज्यको छानबिन तथा अनुसन्धान प्रक्रियालाई सहयोग गर्नुको विकल्प नरहेको भन्दै पौडेलले घटनाको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताएका छन्। पछिल्ला दिनमा गृह प्रशासनप्रति आम नागरिकको विश्वास टुट्दै गएको अवस्थामा यस प्रकरणमा राज्यका अंगले कुनै गल्ती नगरी दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्ने पौडेलले बताए। सभामुख जस्तो मर्यादित पदमा रहेका व्यक्ति माथिको यस्तो आरोपले संसद्को गरिमा र नेतृत्वप्रतिको मर्यादा समाप्त हुने खतरा समेत पौडेलले औल्याएका छन्।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update