हिमाल दैनिक
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा
sambhidan-02
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको गरेको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। मंगलबार सञ्चारमाध्यमा सार्वजनिक भएको समाचारपछि चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकले समेत सभामुखलाई राजीनामा दिन सुझाएको थियो। त्यसपछि बुधबार दिउँसो उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसमक्ष राजीनामा पत्र बुझाएका हुन्। https://www.facebook.com/himaldainik/videos/446540209296327/ सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै नैतिकताका आधारमा उपसभामुखसमक्ष राजीनामा दिएको बताएका छन्।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update