आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणीको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि बचाउने सहास नखाई पदत्याग गर्न दबाब दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सकिएको नेकपा सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर आफूमाथि लागेको आरोपको छानविन प्रक्रियामा सहयोग पुर्याउन सुझाव दिएको बालुवाटार स्रोतले बतायो।
आफ्नै पुरानो पार्टी र त्यसको नेतृत्वमा रहेको सरकारदेखि शीर्ष नेताहरुले समेत साथ नदिने भएपछि अन्ततः सभामुख महराले पद त्याग गर्नुको अर्को विकल्प नपाउने भएका छन्।
https://www.facebook.com/himaldainik/videos/446540209296327/
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय