हिमाल दैनिक
संसद सचिवालयमा कार्यरत महिलामाथि यौन हिंसा गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरामाथि तत्काल राजीनामा दिन चौतर्फी दबाब परेको छ। गत साता विदेश भ्रमणगरी फर्किंए लगत्तै आइतबार संसद सचिवालयको स्वास्थ्य शाखामा काजमा खटिएर आएका एक महिला कर्मचारीलाई उनैको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप पीडितले सञ्चारमाध्यमबाट सार्वजनिक गरेपछि संवैधानिक पदमा रहेका महराको राजनीतिक जीवन नै समाप्त हुने भएको छ। आइतबार साँझ भएको घटनाबारे सोमबार अपरान्हपछि मिडियाले समाचार प्रकाशित गरेलगत्तै महरा र उनको सचिवालयले घटनालाई ढाकछोप गर्न अनेक प्रयास गरेका थिए। तर, पीडित महिलाले आफूमाथि भएको दुव्र्यव्यहारको विषय सामान्य नभएको भन्दै आफू जस्तो सुकै कदम चाल्न पनि तयार रहेको र यसबाट पछि नहट्ने जवाफ महरालाई समेत दिइसकेकीछिन्। घटनाको विषयमा सामाजिक सञ्जाल र मिडियामा भाइरल भएलगत्तै महराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र द्धितीय अध्यक्ष पुष्पकमल दाहालसँग समेत हारगुहार गरेका थिए। तर, यति गम्भीर विषयमा नेताहरुले केही गर्न नसक्ने संकेत दिँदै उनलाई पदत्याग गर्न सुझाव दिएको स्रोतको दाबी छ। यसैबीच पार्टी एकताको एजेण्ड देखाएर महराकै विषयमा छलफल गर्न सत्तारुढ नेकपा सचिवालय बैठक अपरान्ह बालुवाटारमा बोलाइएको छ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update