नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित बिशेषकार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन्।
नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो । दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने राष्ट्र हो । यो अभियान सन् २०११ देखि नेपालमा सुरु भएको थियो ।
सुरुमा कास्की जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्रको घोषणापछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै घोषणाको स्वागत गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताए । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए । जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । सरकारले २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउने गरी काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।
त्यस्तै खानेपानी मन्त्री बिना मगरले नेपाललाई सन २०२० लाई पर्यटन बर्ष घोषणा गरिसकेको अवस्थामा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिनु महत्वपूर्ण रहेको धारणा राखिन् । उनले सामाजिक जागरणको अभियानले बाह्य पर्यटन प्रवद्र्धनमा सकारात्मक सहयोग मिल्ने धारणा राखिन । उनले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा भइरहदा यसको कार्यान्वयनको चूनौती पनि कायमै रहेको बताईन ।
अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाइ छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय