हिमाल दैनिक
सरकारले गरेको राम्रो कामलाई केही पनि भएन भनेर निराशा फैलाउनु ठिक होइन: प्रम ओली
kp oli himal-dainik (2)
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेपनि जनतामाझ निराशा फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र निवासको शिल्यानाश गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएन भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको समेत बताए । उनले सरकारको आलोचना भएपनि सरकारले आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढिरहेको उल्लेख गर्नुभयो । देशविकासको लागि वास्तविक रुपमा नै नयाँ, सोच, तरिका र तिव्रताका साथ अधि बढिरहेको उनको भनाई छ । उनले सरकारले रोजगारीको अवसर सिर्जना गर्नुका साथै जेष्ठ नागरिककको स्वास्थ्य विमा लगायतका नयाँ नयाँ कामका साथ सरकार अधि बढिरहेको दाबी गरे । देशलाई औद्योगिकरण, आधुनिकिकरण तथा वैज्ञानिक कृषि, पर्यटन प्रवद्र्धन लगायत सरकारले कल्याणका कामका साथै विकासका कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको उनले बताए । उनले प्रधानमन्त्री निवासको पनि शिलान्यास गरेको भन्दै उक्त निवास ओलीका नभई भोलीको लागि बनाइएको बताए । मन्त्रीहरु अहिले बसिरहेको आवासहरु पुरानो र बस्न योग्य नभएकाले केहिदिनपछि मन्त्री तथा सांसदहरुको पनि आवास निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update