हिमाल दैनिक
नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालमाथि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका हातहतियारधारी जत्थाले तनुहँमा आक्रमणको असफल प्रयास गरेका छन्। तनहुँको रिसिङ गाउँपालिका भवनको सिलान्यास गर्न आइतबार तनहुँ पुगेका कांग्रेस नेता रिजाललाई कार्यक्रमस्थलमा जानेक्रममा बाटोमा अबरोध खडा गरी कार्यक्रम विथोल्ने दश्प्रयास गरेका थिए। तनहुँबाट हिमाल दैनिकसँग कुरा गर्दै नेता रिजालले भने, ‘रिसिङ गाउँपालिका भवनको उद्घाटन गर्न आउने क्रममा बाटोभरी नै प्रशानसको आडमा सत्ताधारी नेकपाका हातहतियारधारी जत्थाले आक्रमणको दुश्प्रयास गरे।’ कार्यक्रमस्थल पुग्ने बाटोमा ६/७ ठाउँमा उनीहरु रुख ढालेर अवरोध पुर्याउनेदेखि लाठा र ढुंगा लिएर बाटो छेक्ने तथा आफूँमाथि सांघातिक आक्रमण गर्ने नियतले बसेपनि कांग्रेसका स्थानीय कार्यकर्ताले आफूलाई सुरक्षितसाथ कार्यक्रमस्थलमा पुर्याएको उनले बताए। ‘बहुदलीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राज्य र प्रशासनको आडमा सत्तारुढ पार्टीका कार्यकर्ताले देखाएको रवैया चरम निरंकुशतावादी चरित्रको देखियो,’ उनले भने। कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा भदौ २६ गते बाकेको कार्यक्रममा पनि नेकपाका कार्यकर्ताले आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला लगायतका सहभागीहरु घाइते भएका थिए। शनिबार मात्रै देशमा व्याप्त चरम भ्रष्टाचारको विरोध कार्यक्रममा सहभागी हुन चितवन पुगेका ज्ञानेन्द्र शाहीमाथि सत्तारुढ नेकपाका हातहतियारधारी कार्यकर्ताले आक्रमण गरी गम्भीर घाइते तुल्याएका थिए।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update