हिमाल दैनिक
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बर्तमान सरकारले बिकासका कुनै काम गर्न नसकेको आरोप लगाएका छन् । सयुक्त सम्पर्क समिति नुवाकोटले आइतबार काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले बिकासको नारा दिएपनि बिकासको काम भने गर्न नसकेको आरोप लगाएका हुन्। उनले जनतालाई सरकारले निकै ठूलो सपना देखाएपनि जनताको सामान्य काम गर्न पनि नसकेको जिकिर गरे । वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको उनको भनाई छ । वर्तमान सरकारले संविधानको समेत रक्षा गर्न नसक्ने अवस्था आएकाले त्यसका लागि कांग्रेसले खबरदारी गरिरहेको कोइरालाले बताए । https://www.facebook.com/himaldainik/videos/2572291946340713/
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update