हिमाल दैनिक
निरंकुशता लाद्न खोजे कम्युनिष्टहरुकै लागि दुर्भाग्यपूर्ण हुन्छः देउवा
RoS_Ktm20190928IMG_97371858 (1)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिष्टहरुका लागि नै दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन्। चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देउवाले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी पनि दिए। कम्युनिष्टहरु प्रजातन्त्र विरोधी शक्ति भएको प्रमाणित भएको भन्दै देउवाले प्रजातन्त्रको विकल्प अरु हुन नसक्ने पनि ठोकुवा गरे। उनले कर, भ्रष्टाचार र महँगीको पर्याय वर्तमान ओली सरकार भएको भन्दै जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाए। नेपाली कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै अन्तर्घातलाई त्यागेर एकजुट हुन पनिउनले कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा कांग्रेस महामन्त्री शंशाक कोइरालाले कम्युनिष्ट शासनको प्रतिवाद जनता आफैंले गर्न थालेको बताए। कम्युनिष्टहरु विचारबाट विचलित हुँदै गएको भन्दै नेपाली कांग्रेसको आदर्श, सिद्धान्तबाट मुलुक अगाडि बढाउनु पर्नेमा जोड दिए। त्यस्तै काग्रेस नेता तथा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गगनकुमार थापाले कम्युनिष्ट पार्टीले जनताको विरुद्ध कानून ल्याउन खोजेको भन्दै त्यसको सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गरिने बताए।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update