हिमाल दैनिक
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तको टुंगो नभएका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भएको बताएका छन्। भक्तपुरको दुवाकोटमा कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता पौडेल यस्तो दाबी गरेका हुन्। नेता पौडेलले भने, ‘राज्य सञ्चालन सिद्धान्तका आधारमा हुन्छ तर, कम्युनिष्टले सिद्धान्त नै अझैसम्म टुंगो लगाउन सकेका छैनन्। जसका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भए।’ वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले झुटा आश्वासन बाँढेर एकपटक जनतालाई झुक्याइसकेको भन्दै अब कम्युनिष्टको लहैलहैमा लागेर जनता फेरी नझुक्किने दाबी पनि गरे। देशमा सुशासन कायम गर्न कम्युनिष्ट सरकार असफल भइसकेका कारण अबको विकल्प भनेको कांग्रेस नै भएको उनको भनाइ थियो। उनले भने, ‘जनताले र मुलुकले भर गर्न सक्ने कांग्रेस बनाउन हामी लागेका छौं। हामी त्यो कांग्रेस बनाउछौं।’
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update